आवश्यक सामग्री
दाल– डेढ कप (सुकेको, राम्रोसँग पखालेको), पानी– ६ कप, तेल– १ (ठूलो) चम्चा (सूर्यमुखीको भए राम्रो, नभए अरु पनि प्रयोग गर्न सकिन्छ), प्याज– डेढ कप (काटेको), लसुन– २ केश्रा (मसिनो गरी काटेको), ताजा खुर्सानी– एउटा, गाजर– एउटा (छिलिएको र काटिएको), आलु– एउटा (मध्यम आकारको, काटेको), धनिया– २ चम्चा (पिसेको), गोलभेंडा– ३ कप (काटेको), ताजा धनिया– १ चम्चा (काटेको), नुन– डेढ चम्चा, जिरा– २ चम्चा ।
बनाउने तरिका
दाल र पानीलाई उमाल्ने, त्यसपछि ताप घटाएर छोप्ने र कोमल नभएसम्म (लगभग २० मिनेट) पकाउने । यसैबीच, तेल तताउने र प्याज, लसुन तथा खुर्सानीलाई करिव ५ मिनेटजति भुट्ने । अब गाजर, आलु, धनिया र जिरा थप्ने अनि करिव १ मिनेटजति पकाउने, भाँडामा टाँसिनबाट रोक्नका लागि बिस्तारै चलाउँदै पकाउने । अब यसलाई आगोबाट हटाएर अलग्गै राख्ने । दाल सेलाएपछि टमाटरलाई ठूलठुला टुक्रा पारी काट्ने र सबैलाई सुपको भाँडामा हाल्ने । सुप पटमा मसिनो गरी काटिएको धनिया, नुन र माथि उल्लेख गरिएअनुसार भुटेर तयार पारिएको तरकारी राख्ने । अब सबै तरकारीहरू नरम नभएसम्म (लगभग १०–१५ मिनेटजति) सुप पटलाई बिर्को लगाएर उमाल्ने । तिब्बेतेन सुप तयार भयो ।