नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘डिजिटल धमाका’ अभियान सुरु गरेको छ । राजधानीको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा हालै आयोजित एक कार्यक्रमबीच प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त अभियानको शुभारम्भ गरेका छन् ।
माघ महिनाभर अनलाइन माध्यमबाट बीमा नवीकरण शुल्क भुक्तानी गर्ने ग्राहकहरूले यस अभियानअन्तर्गत विभिन्न उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।