‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न ग्लोबल आईएमई बैंकले नेपाल प्रहरीलाई २५ लाख रूपैया“ प्रदान गरेको छ । ग्लोबल आईएमई बैंक र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
केहीअघि प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त रकमको चेक प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।