हिमालय कलेजले नयाँ शैक्षिक सत्रदेखि फेसन डिजाइनिङ कोर्सको अध्ययन–अध्यापन गराउने भएको छ । राजधानीको कोटेश्वरस्थित यस कलेजले राष्ट्रिय परीक्षा बोर्ड तथा पाठ्यक्रम विकास केन्द्रबाट सम्बन्धन प्राप्त गरेपछि कक्षा ११ र १२ मा नया“ सङ्काय सुरु गर्ने भएको हो । रोजगारीका अवसर सिर्जना र सिपमूलक पाठ्यक्रमका रूपमा फेसन डिजाइन कोर्स सुरु गर्न लागिएको जानकारी कलेजका प्रमुख कार्यकारी अधिकारी नरेन्द्रबहादुर अधिकारीले दिएका छन् ।