रिगो टेक्नोलोजिजले ल्यायो ‘रिगो जब्स’, एउटै प्लेटफर्मबाट ‘हायरिङ’ व्यवस्थापन

रिगो टेक्नोलोजिजले हायरिङ तथा कर्मचारी छनोट प्रक्रिया व्यवस्थित गर्न ‘रिगो जब्स’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो साना व्यवसायदेखि ठूला संस्थासम्मका लागि प्रयोग गर्न मिल्ने हायरिङ तथा एप्लिकेन्ट ट्र्याकिङ सिस्टम (एटीएस) हो ।

रिगो जब्सले रोजगारदाता र रोजगारीका लागि आवेदन दिने उम्मेदवारलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमार्फत जागिरको विज्ञापनदेखि आवेदन संकलन, उम्मेदवारको मूल्यांकन, अन्तर्वार्ता र हायरिङ निर्णयसम्मको प्रक्रिया व्यवस्थापन गर्न सकिनेछ ।

हायरिङ टिमले मोबाइल एप वा वेब पोर्टलमार्फत जागिरको रिक्त पद सार्वजनिक गर्न र प्राप्त आवेदन ट्र्याक गर्न सक्नेछ । रोजगारदाता संस्थाले पदअनुसार आवेदन फारम तथा हायरिङ टेम्प्लेट तयार गरी आवश्यक प्रश्न र मापदण्डसमेत निर्धारण गर्न सक्ने कम्पनीले जनाएको छ ।

उम्मेदवारले पनि रिगो जब्समार्फत आफ्नो प्रोफाइल बनाएर आफूलाई आवश्यक रोजगारी खोजी गर्न तथा आवेदन दिन सक्नेछन् । आवेदन दिएपछि त्यसको प्रगति हेर्न तथा कम्पनीले सोधेका प्रश्नको जवाफ मोबाइलबाटै दिन सकिने व्यवस्था गरिएको छ ।

प्लेटफर्ममा अन्तर्वार्ता व्यवस्थापनका लागि ‘इन्टरभ्यु ब्रिफ’ र ‘स्कोरिङ असिस्टेन्ट’ समेत राखिएको छ । यसबाट एक वा एकभन्दा बढी अन्तर्वार्ताकारले निर्धारित मापदण्डका आधारमा उम्मेदवारको मूल्यांकन गर्न सक्नेछन् । विभिन्न मूल्यांकनलाई एकीकृत गरी उम्मेदवारको समग्र रेटिङ तथा हायरिङ सिग्नल तयार गर्न सकिने कम्पनीले जनाएको छ ।

रिगो जब्समा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसमेत गरिएको छ । जसले उम्मेदवारको सिप र अनुभवको सारांश तयार गर्ने, रोजगारीको आवश्यकतासँग उम्मेदवारको मिलान स्कोर हेर्ने तथा इमेलको मस्यौदा तयार गर्नेजस्ता काम गर्न सकिने कम्पनीले जनाएको छ ।

अन्य ...