शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारणसभाले ५ जना सञ्चालक निर्वाचित गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा हालै हेटौंडामा सम्पन्न साधारणसभाले लिमिटेडको सञ्चालकमा रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राईलाई सञ्चालकमा निर्वाचित गरेको छ । नवनिर्वाचित सञ्चालक समितिको बैठकले गौरव गोयललाई अध्यक्ष चयन गरेको छ । यी सञ्चालकको कार्यकाल ४ वर्षको हुनेछ । साधारणसभाले सरकारका पूर्वसचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्त गरेको छ ।
साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित १०.५३ प्रतिशतका दरले नगद लाभाङ्श वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । शवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारणसभाले ५ जना सञ्चालक निर्वाचित गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा हालै हेटौंडामा सम्पन्न साधारणसभाले लिमिटेडको सञ्चालकमा रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राईलाई सञ्चालकमा निर्वाचित गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिको बैठकले गौरव गोयललाई अध्यक्ष चयन गरेको छ । यी सञ्चालकको कार्यकाल ४ वर्षको हुनेछ । साधारणसभाले सरकारका पूर्वसचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्त गरेको छ । साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित १०.५३ प्रतिशतका दरले नगद लाभाङ्श वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।