सामसङ नेपालले आफ्ना टीभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहारसहित विशेष मनसुन अफर ल्याएको छ ।
सामसङ नेपालले यस मनसुनमा उपभोक्ताका लागि आफ्ना नयाँ टिभी, वासिङ मेसिन र रेफ्रिजेरेटर रेन्जमा विशेष अफर सार्वजनिक गरेको हो ।
प्रिमियम प्रविधि र सुविधालाई सहज रूपमा उपभोक्तामाझ पुर्याउने उद्देश्यले ल्याइएको यो अफरमार्फत घरायसी उपकरण अपग्रेड गर्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत चुनिएका होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध हुनेछ । यस्तै, चुनिएका टीभी मोडल खरिद गर्दा १२ महिनासम्मको निःशुल्क नेट टीभी सब्स्क्रिप्सन र निःशुल्क साउन्डबारलगायतका उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले ७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट लोड, एफएटीएल तथा एसएटीएल वासिङ मेसिन खरिदमा २३ प्रतिशतसम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, सिंगल डोर, डबल डोर तथा साइड–बाइ–साइड सामसङ रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सामसङका अनुसार यस अफरले घरमा मनोरञ्जनको अनुभवलाई अझ इमर्सिभ बनाउन, दैनिक लुगा धुने कामलाई स्मार्ट बनाउन तथा भान्साका आवश्यक उपकरण अपग्रेड गर्न चाहने ग्राहकका लागि विभिन्न विकल्प उपलब्ध गराउनेछ ।
कम्पनीले मनसुन अफरमार्फत ग्राहकलाई आफ्ना आवश्यकता र रोजाइअनुसारका टिभी तथा घरायसी उपकरण खरिद गर्न थप सहज हुने जनाएको छ ।