नेपालका लागि सेगवे नाइनबटको आधिकारिक बिक्रेता आई हबले एन–सेरिजअन्तर्गतको नया“ ई–स्कुटर सार्वजनिक गरेको छ । बढी पावरका साथ यस सेरिजको एन १०० नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यो स्कुटरमा अधिकतम पावर (२२०० वाट) को बुसलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ किमिसम्मको यात्रा गर्न सकिने सेगवे नाइनबटले जनाएको छ । यो ई–स्कुटरमा एलईडी लाइट, डिजिटल डिस्प्ले र राइडी गो जस्ता स्मार्ट टेक्नोलोजी रहेको कम्पनीले बताएको छ । ‘एन १०० मा कम्प्याक्ट डिजाइनका अतिरिक्त अत्याधुनिक मोबाइल एपसहित प्रविधि पनि जडान गरिएको छ, जसमा सवारी चालकहरूको गति, यात्रा गरेको दूरी र बा“की रहेको ब्याट्री लाइफ ट्र्याक गर्न सकिन्छ’– कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सर्जक डीआरका सिर्जना–रेकर्ड