रेन्बो एग र्‍याप

रेन्बो एग र्‍याप

आवश्यक सामग्री

चुकन्दर (ग्रेट गरिएको)– ४ (ठूलो) चम्चा, अण्डा (मध्यम आकारका)– ४ वटा, प्याज– ३ वटा (मध्यम आकारका, पातलो गरी काटिएको), गाजर– एउटा (मध्यम आकारको, धोएर ग्रेट गरिएको), वनस्पतिजन्य तेल– १ (ठूलो) चम्चा, धनियाको पात– एक मुट्ठी, नुन र ताजा (पिसिएको) मरिच ।

बनाउने तरिका

ननस्टिक फ्राइङ प्यानमा तेल तताउने, यसमा प्याज थप्ने र नरम नभएसम्म फ्राई गर्ने । त्यसपछि अण्डालाई मसालाको साथमा फिट्ने र प्यानमा राखेर लगभग दुई मिनेट वा सेट नभएसम्म (सुनौलो रङ्गको नभइन्जेल) पकाउने । अब यसलाई पल्टाउने र थप १ मिनेट जति पकाउने ।

त्यसपछि यसलाई एउटा सफा बोर्डमा स्थानान्तरण गर्ने र चिसो हुन छाड्ने । यसलाई एक रातअघि नै तयार पारेर चिसो हुनका लागि छाड्न समेत सकिन्छ । अब अण्डा र्‍यापमा चुकन्दर फैलाउने अनि त्यसपछि गाजर र धनिया पनि छर्ने । बिस्तारै फोल्ड गर्ने र फिलिङ्गलाइ राम्ररी रोलअप गर्ने । अन्त्यमका यसलाई बेकिङ पेपर वा क्लिङ फिल्ममा बेर्ने र खानका निम्ति तयार नभएसम्म चिसोमा राख्ने ।

ग्रीन चिकन पुलाउ

आवश्यक सामग्री

चामल– २५० ग्राम, दही (गाईको)– ५० ग्राम, चिकन ब्रेस्ट– १२५ ग्राम, धनियाको पात– २५ ग्राम, पुदिनाको पात– ५ (ठूलो) चम्चा, हरियो खुर्सानी– ४ वटा (मध्यम आकारका), मरिचको धुलो–

आधा (सानो) चम्चा, नुन– स्वाद अनुसार ।

बनाउने तरिका

चिकेन ब्रेस्टलाई सफा पानीले राम्ररी पखाल्ने र स–साना टुक्रा पारी काट्ने । त्यसपछि ग्रीन चटनी तयार पार्ने– हरियो खुर्सानी, धनिया र पुदिनाको पातलाई ग्राइन्डरको सहायताले राम्रोसँग मिक्स गर्ने । त्यसपछि एउटा कचौरामा सफा गरेको चिकन, ग्रीन चटनी, मरिच, नुन र दही राखेर १०–१५ मिनेटजाति चिकनलाई म्यारिनेट गर्ने ।

अब चामल उसिन्ने, आधाजस्तो पाकेपछि यसमा म्यारिनेट गरेको चिकन हाल्ने र बिर्को बन्द गरी कम आँचमा २५–३० मिनेटसम्म पकाउने । त्यसपछि आगो बन्द गर्ने र केही बेर सेलाउन दिएपछि स्वादिलो र स्वस्थ ग्रीन चिकन पुलाउ तयार हुन्छ । माथि उल्लेखित मात्राको सामग्रीमा तयार पारिएको ग्रीन चिकन पुलाउ जनाले मजा लिन पुग्दछ  ।

स्ट्रबेरी वाटर

आवश्यक सामग्री

ताजा स्ट्रबेरी– १ पाउन्ड (लगभग आधा केजी), कागतीको रस– १ (ठूलो) चम्चा, चिनी (वा मह या मेपल सिरप वा एगेभ नेक्टर)– १ देखि २ (ठूलो) चम्चा, चिसो पानी– ७ कप, स्पार्कलिङ वाटर– भए राम्रो, नहुँदा पनि काम चल्छ ।

बनाउने तरिका

स्ट्रबेरी सफा गर्ने । डाँठ हटाएर सफा पानीमा पखाल्ने । सफा गरेको स्ट्रबेरीसँगै ब्लेन्डरमा १ कप पानी, कागतीको रस र चिनी हाली पूर्णरूपमा नमिसिँदासम्म उच्च गतिमा घोल्ने । त्यसपछि थप ६ कप चिसो पानी त्यसैमा थप्ने । आवश्यकताअनुसार चिनी वा कागतीको रस पनि थप्ने ।

स्ट्रबेरी वाटरलाई बनाएर तयार पार्नेबित्तिकै तुरुन्तै सर्भ गर्ने । यद्यपि यसलाई फ्रिजमा राखेर ३ दिन पछिसम्म पनि सेवन गर्न भने सकिन्छ । आवश्यकताअनुसार, स्पार्कलिङ वाटर टपिङ गरेर पनि सर्भ गर्न सकिन्छ ।

मटन शाही रोल

आवश्यक सामग्री

मटन किमा– ३०० ग्राम, चिज स्लाइसहरू– २ वटा, धनियाको पात– १ (ठूलो) चम्चा (काटेको), अदुवा–लसुन पेस्ट– १ (ठूलो) चम्चा, बटर– १ (ठूलो) चम्चा, रातो खुर्सानी (पाउडर)– १ (सानो) चम्चा, ओलिभको तेल– १ (ठूलो) चम्चा, गरम मसला (पाउडर)– १ (सानो) चम्चा, मरिच– स्वादअनुसार ।

रोलका लागि थप सामग्रीः पिठो– १ कप, नुन– स्वाद अनुसार, पानी– आवश्यकताअनुसार ।

बनाउने तरिका

एउटा ठूलो मिक्सिङ कचौरामा मटन किमा, धनियाको पात, नुन, मरिच, बटर, लसुन र अदुवाको पेस्ट हाल्ने र राम्रोसँग मिलाउने । यसपछि यो मिश्रणमा ब्रेड क्रम्बहरू थप्ने । मिश्रण तयार भइसकेपछि टाइट वा गहुँको पीठोजस्तो कडा नहुने गरी किमाका गोलाहरू बनाउने ।

अब काठको काट्ने बोर्ड वा मार्बलको सतहमा ओलिभ तेल लगाउने र यसमा माथि भनिएवमोजिम तयार पारिएको किमा बल (गोलाहरू) राख्ने । आफ्नो हात वा रोलिङ पिनको मद्दतले यी बललाई टिक्कीजस्तै गोलो–मोटो स्प्रेडमा घुमाउने । त्यसपछि, किमा स्प्रेडको माथिल्लो भागमा चिजको टुक्राहरू फैलाउने र चक्कुको मद्दतले यिनलाई बिस्तारै कबाबजस्तै बनाउने (रोल गर्ने) ।

अब कबाबलाई राम्ररी नापकुन्जेल बेक वा ग्रील गर्ने । त्यसपछि पिठो लिएर तावामा दुवै तर्फबाट पकाएर चपाती बनाउने । यसलाई सेल्फमा राख्ने र माथिबाट चिजको साथमा कबाब राख्ने । यसमाथि इमली वा पुदिनाको चटनीसँगै धनियाको पात पनि राख्ने । अब चापतिलाई रोल गर्ने ।

मटन शाही रोल तयार भयो । अब यसलाई सस वा अचारसँग सर्भ गर्ने ।

अन्य ...