आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनसेनल हस्पिटलले ४० प्रतिशत लाभाङ्श वितरण गर्ने निर्णय गरेको छ । अस्पताल सञ्चालक समितिको बैठकले आ.व. ०७८-७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभाङ्श वितरण गर्ने निर्णय गरेको हो ।
घोषित कूल लाभाङ्शमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभाङ्श (कर प्रयोजनका लागि समेत) रहेको छ । हाल उक्त अस्पतालको चुक्ता पुँजी २२ करोड ५० लाख रुपैयाँ छ । यसअनुसार सो अस्पतालले ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछ ।
त्यसैगरी कर प्रयोजनका लागि आवश्यकसहित ४ करोड ५० लाख रुपैया“ बराबरकै नगद लाभाङ्श समेत बाँड्दैछ । घोषित लाभाङ्श वितरणपछि उक्त अस्पतालको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्ने बताइएको छ ।