अण्डा–सलाद स्यान्डविच

अण्डा–सलाद स्यान्डविच

आवश्यक सामग्री

अण्डा– ६ वटा (उमालेको, म्यास गरेको), तोरीको दानाको पेस्ट– १ (ठूलो) चम्चा, मायो–

३–४ (ठूलो) चम्चा, सेलेरी– ३ (ठूलो) चम्चा (मसिनो गरी काटिएको), प्याज– एउटा (सानो, मसिनो गरी काटिएको), हरियो खुर्सानी– २–३ वटा (मसिनो गरी काटिएको), नुन र मरिच– स्वादअनुसार, ब्राउन ब्रेड– १२ वटा (स्लाइस) ।

बनाउने तरिका

ब्रेडका स्लाइसहरूलाई हल्का टोस्ट गर्ने र अलग्गै राख्ने । त्यसपछि सलादका लागि माथि उल्लेखित सबै सामग्रीहरू मिलाउने र यसलाई टोस्टेड ब्रेडमा तह–तह परेर राख्ने । वैकल्पिक रूपमा माथिबाट चिजको टपिङ गर्न पनि सकिन्छ ।

अन्य ...