काठमाडौं मलमा केएफसीको पन्ध्रौं शाखा

काठमाडौं मलमा केएफसीको पन्ध्रौं शाखा

अन्तर्राष्ट्रिय फुडको ‘चेन–ब्रान्ड’ केएफसीले हालै नेपालमा पन्ध्रौं शाखा सञ्चालनमा ल्याएको छ । कामनपा– २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टर नेसलनले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

‘के एफसी स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रूपमा परिचित छ,’ कम्पनीद्वाराी जारी विज्ञप्तिमा लेखिएको छ– ‘यस आउटलेटमा केएफसीका हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्सलगायत विभिन्न चिकेन परिकारका साथै बर्गर र अन्य परिकारको आनन्द लिन सकिने छ ।’

नयाँ आउटलेट सञ्चानलसँगै केएफसीले क्रिसमस र अङ्ग्रेजी नया“ वर्षको उपलक्ष्यमा सेलिब्रेसन मिललगायतका अफर समेत ल्याएको छ । रेस्टुरेन्टले जनाएअनुसार ग्राहक आफैंले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनी गरी द्रुत सेवा समेत लिन सक्नेछन् । ‘हरेक ग्राहकले डिस्प्ले स्क्रिनबाट आफूले अर्डर गरेको परिकार बनिरहेको समेत ट्र्याकिङ गर्न सक्नेछन्’– विज्ञप्तिमा उल्लेख छ ।

अन्य ...

ताजा