विष्णु बीसी
म एक्टिभ थिएँ । धेरै काम गर्ने मान्छे । करिव चौध महिनाअघिको कुरा हो, सानो दुर्घटना भयो । अफिसबाट छुटेर स्कुटर लिन जाँदा घुचुक्क लडें । लडेपछि पनि स्कुटर चलाएरै घर आएँ । तर, रातिदेखि एकदमै घुँडा दुख्यो ।
निकै दुखेपछि भोलिपल्ट अस्पताल गएँ । एक्स–रे गराइसकेपछि ‘लिगामेन्टको समस्या हो कि जस्तो छ’ भनियो । औषधि दिइयो । चार हप्तापछि सोही अस्पताल जाँदा एमआरआई गराइयो । डाक्टरहरूले सुझाव दिए– अप्रेसन गर्नुपर्छ । अप्रेसन गर्ने भनेपछि डर लाग्यो । त्यसपछि एक आयुर्वेदिक अस्पतालबाट बीस हजार रुपैयाँको औषधि किनें र एक महिना खाएँ ।
त्यसबाट पनि पार नलाग्ने देखिइसकेपछि ‘होलिस्टिक हेल्थ’ मा आइपुगें । डा. डीबी सुनुवारले राम्रो परामर्श दिनुभयो । उहाँले केही औषधिहरू दिनुभयो । दुई–चार दिनमै सकारात्मक अनुभव गर्न थाल्नुहुन्छ भन्नुभयो डा. सुनुवारले । ती औषधि खाएँ, अलिअलि ठीक हुँदै गएजस्तो लाग्यो । नोनी, गानोदर्माजस्ता दुई–तीनवटा सप्लिमेन्ट दिनुभएको थियो उहाँले । पछि यार्सा र रेइशी पनि थप गर्नुभयो । चार महिनाजति ती सप्लिमेन्ट खाँदै थेरापी पनि गरें ।
होलिस्टिकमा आइपुग्दा पनि सुरुमा त खासै के नै पो होला र भनेजस्तो लागिरहेकै थियो । थेरापी गर्न थालेको दुई हप्तापछिदेखि नै फ्लेक्जिबल हुँदै गएँ । थुप्रै किसिमका थेरापी गरियो । वैशाख, २०७९ सम्म थेरापी गरें, त्यसपछि छाडें । अहिले सप्लिमेन्ट खाइरहेको छैन र समस्या पनि छैन । यार्सा र रेइशीले इनर्जी दिएको छ । बेला–बेला स्कुटर पनि चलाउँछु । तर, निवास वरपर मात्रै चलाउँछु, स्कुटर हाँकेर बाहिरफेर नै जान भने आँट गरिसकेको छैन । अहिले त पाँच–छ किलोग्रामसम्मको तौल उचाल्न सक्छु, समस्या भएका बेला त एक गिलास पानी लिएर हिँड्न समेत गाह्रो भएको थियो ।
अब त कम्प्लिट्ली निको भइसकें भन्दा पनि हुन्छ । होलिस्टिकमा आइपुग्दा वैशाखी टेकेर आएको थिएँ । अहिले भने वैशाखीको सहारा लिइएको छैन । अझै पनि घुँडामा भने हल्का दुखाइ छँदैछ । तर, पूरै फ्रेस भइसकें, निको भइसकें । एकदमै राम्रा सप्लिमेन्ट उपलब्ध गराउने होलिस्टिक हेल्थलाई धन्यवाद !